मरिण गाउँपालिका

बागमती प्रदेश, नेपाल

न्यायिक समिति

सूचना

यस न्यायिक समिति प्रणाली स्थानीय स्तरमा विवादहरु मेलमिलापका मार्फत निरुपण गर्न सहज गर्ने छ |। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ उपदफा १ ले विवादको निरुपण गर्ने र दफा २ मा मेलमिलापको माध्यमवाट विवाद निरुपण गर्न पाउने व्यवस्था बमोजिम यस पालिकामा कानुन बमोजिम गठित न्यायीक समितिले विवाद निरुपण गर्दै आईरहेको छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्ने गरिएको छ ।

 

यस मारिण गाउँपालिकामा न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्ने गरिएको छ । साथै न्यायिक समितिबाट भएको निर्णयमा चित्त नबुझ्ने वा मेलमिलापको माध्यवाट निरुपण गर्ने विवादमा मिलापत्र हुन नसकेमा सम्बन्धित अदालतमा जानुभनि जानकारी दिने गरिएको छ ।

 

मारीण गाउँपालिका, न्यायिक समितिको सचिवालय पालिकाको कार्यालय, कपिलाकोट, मारीण नै रहेको छ ।

 

स्थानीय न्यायिक समितिको महत्व :

न्यायमा नागरिकको सहज र सरल पहुँच अभिवृद्धि गर्नु ।

विवादको शीघ्र र सरल समाधान गर्नु ।

अदालतको कार्यबोझ घटाउनु।

अदालतमा मुद्दाको चापलाई कम गर्नु ।

न्यायीक अधिकारको विकेन्द्रीकरण गर्नु ।

कम खर्च र समयमा न्याय प्रदान गर्नु।

सामाजिक सद्भाव र सहिष्णुता बलियो बनाउनु ।

सामान्य खालका मुद्दा र विवाद स्थानीय स्तरमा टुंगो लगाउनु ।

 

स्थानीय विवाद समाधानमा विशेष ध्यान केन्द्रित गरी स्थानीय शासनको अवधारणालाई परीक्षण गर्ने प्रयासको रूपमा अध्ययनलाई परिकल्पना गरिएको छ। विवाद समाधानका लागि वैकल्पिक संयन्त्रका रूपमा वार्ता, मेलमिलाप र मध्यस्थतालाई प्रवर्द्धन र वैधानिकता दिन नेपालमा मध्यस्थता कानून बनेको छ। प्रभावकारी रूपमा सञ्चालन गर्न यस प्रणाली बिकास गरिएको छ जसमा विवाद समाधान छिटो/ छरितो, विवादका पक्षहरुलाई न्याय प्राप्त गर्न तथा कार्यालयको तर्फवाट सहज न्याय सम्पादन, र न्यायिक समितिले गर्ने कार्य र न्याय सम्पादन सम्बधि जानकारीहरु सहितका सुविधाहरू समावेश छन्। यस प्रणालीले अनुप्रयोगहरू सञ्चालन गर्न टेम्प्लेटमा काम गर्दछ जुन रेकर्डिङ, विश्लेषण र कुनै पनि प्रकारको विवादको निष्कर्ष निकाल्ने जस्ता अतिरिक्त सुविधाहरूको साथ प्रभावकारी भूमिका खेल्न सक्छ। यस प्रणाली नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ को कार्यविधिमा रहेर सहज र सरल रुपमा निर्माण गरिएको छ |

न्यायिक समितिको अधिकारक्षेत्र

स्थानीय न्यायिक समितिले पक्षहरुबीचको विवाद निरूपण गर्न पाउने विषयहरू नै न्यायिक समितिका अधिकार क्षेत्र हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार स्थानीय तह आफैले निरूपण (विवादको कारबाही र किनारा) गर्न पाउने विषय र मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण (विवादको कारबाही र किनारा) गर्न पाउने अधिकारी क्षेत्र गरी दुई प्रकारका अधिकार क्षेत्र छन् |

आलिधुर बाध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग अर्काको बाली नोक्सानी गरेको चरन घाँस दाउरा ज्याला मजुरी नदिएको घरपालुवा पशुपक्षी हराएको वा पाएको जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको नाबालक छोरा छोरी वा पति-पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको आफ्नो घर वा बलेशीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको कसैको हक वा स्वामित्चमा भए पनि परापूर्वदेखी सार्वजनिक रुपमा पर्योग हुंदै आएको बाटो वस्तुभाउ निकाल्ने निकास वस्तुभाउ चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्यष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका अन्य विवाद अन्य (न्यायिक समिति) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको पति–पत्नीबीचको सम्बन्ध विच्छेद अङ्भङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट गाली बेइज्जती लुटपिट पशुपक्षी छाडा छाडेको वा पशुपक्षी राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पारेको अरुको आवासमा अनधिकृत प्रवेश गरेको अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पुर्‍याएको प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद । अन्य (मिलमिलाप) आलिधुर बाध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग अर्काको बाली नोक्सानी गरेको चरन घाँस दाउरा ज्याला मजुरी नदिएको घरपालुवा पशुपक्षी हराएको वा पाएको जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको नाबालक छोरा छोरी वा पति-पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको आफ्नो घर वा बलेशीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको कसैको हक वा स्वामित्चमा भए पनि परापूर्वदेखी सार्वजनिक रुपमा पर्योग हुंदै आएको बाटो वस्तुभाउ निकाल्ने निकास वस्तुभाउ चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्यष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका अन्य विवाद अन्य (न्यायिक समिति) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै सम्रचना बनएको पति–पत्नीबीचको सम्बन्ध विच्छेद अङ्भङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट गाली बेइज्जती लुटपिट पशुपक्षी छाडा छाडेको वा पशुपक्षी राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पारेको अरुको आवासमा अनधिकृत प्रवेश गरेको अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पुर्‍याएको प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद । अन्य (मिलमिलाप)